१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नवौं लघुकथा दिवसका अवसरमा ‘रातो डायरी’ सार्वजनिक


0
Shares

नवौं लघुकथा दिवसको पहिलो दिन, आइतबार समाजले एक कार्यक्रम आयोजन गरि लघुकथाकार सीताराम नेपालको पहिलो लघुकथा संग्रह ‘रातो डायरी’ सार्वजनिक गरेको छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक मोहनराज शर्माले विमोचित कृतिमाथि आफ्ना विचार राख्दै लघुकथा लेखनका केही मूलभूत सैद्धान्तिक विषयहरुको चर्चा गरे । उनले छोटो लेख्दैमा त्यो लघुकथा नहुने भन्दै लघुकथाले पाठकलाई पूर्णतः प्रभावित पार्नुपर्ने कुरोमा जोड दिए ।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले सिर्जनशील व्यक्तिका लागि साहित्यमा अथाह सम्भावना भएको उल्लेख गर्दै लघुकथामा भाव र शिल्प पनि प्रचुर मात्रामा हुनुपर्ने बताए ।

प्रा.डा. कपिल लामिछानेले विमोचित पुस्तकको साङ्गोपाङ्ग चिरफार गर्दै संग्रहका लघुकथाहरु चुट्किला हुनबाट बचेको उल्लेख गरे ।

लघुकथा समाजका अध्यक्ष एवम् साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विमोचित लघुकथा संग्रहका लेखक सीताराम नेपाल, डा. पुष्करराज भट्ट, सुमन सौरभ र तुलसीहरि कोइरालाले आफ्ना विचार राखेका थिए ।