
काठमाडौ । २०७५ ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ ।
‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ ।
छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी सन्तोषी अधिकारीको दुर्इवटा भिडियो मनोनित भएका छन् ।
बालबालिकाका कारुणिक र हृदयविदारक कथा समेटिएको उत्कृष्ट टेलिभिजन रिपोर्टसंगै महिला चालकका चुनौतीपूर्ण कथामा आधारित टेलिभिजन रिपोर्ट मनोनित भएको हो ।
त्यसैगरि पत्रकार सचिता बुढाथोकी, अश्विन ठकुरी, अशोक पहाडीका समाचारमुलक भिडियो मनोनित भएका छन् ।
फिल्म बिधा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीमा मास कोरियोग्राफी, ७.८ म्याग्नीच्युट, जोगी, सम्बृद्धि, मिसन एभरेष्ट परेका छन् ।
त्यसैगरि उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट सिनिमेटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता र उत्कृष्ट निर्देशकसंगै सोसल मिडिया भिज्वलमा फेसबुक इन्स्टाग्राम टुइटर, उत्कृष्ट युट्यूब भिडियोहरु, उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली , उत्कृष्ट ट्रोल र पब्लिक चोइसबाट पाँच उत्कृष्ट छनोट गरिएको छ ।
छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष एवम् चलचित्र निर्देशक सवनम मुखियाले बताए ।
उनले भने, ’सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्रहरु साह्रै मन छुने रहेकाले त्यसको सहि मुल्यांकनलाई सार्थकता दिन अवार्डको स्थापना गरिएको हो ।
यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको अध्यक्ष मुखियाले बताए ।
माघ २७ गते हरेक विधामा मनोनित मध्ये एक एक जनालाई निर्णयक मण्डलको निर्णयका आधारमा छनोट गरि अवार्ड वितरण गरिने उनले बताए ।
निर्णायक मण्डलमा चलचित्र निर्देशक संगिता श्रेष्ठ, पत्रकार, ब्लगर केपी ढुंगाना, चलचित्र सम्पादक एनिमेटर करुण थापा रहेका छन् ।
यसको संयोजकमा भने रविन आचार्य छन् । माघ २७ गते उत्कृष्ट पाँचमध्येबाट एकजनालाई छनोट गरि अवार्ड विजेतालाई नगदसहित सम्मान गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्