१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश–४ को स्थायी राजधानी पोखरा तोकियो


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार १८ । प्रदेश नम्बर–४ को स्थायी राजधानी पोखरा तोकिएको छ ।

सोमबारको प्रदेशसभा बैठकबाट पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।

प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी र नाम तोक्नसक्ने संवैधानिक व्यवस्था छ । पोखरालाई स्थायी राजधानी तोक्नका लागि सत्तापक्ष र प्रतिपक्षी सबैको समर्थन रह्यो ।

सोमबार प्रदेशसभा बैठकमा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका हुन् ।

त्यसअघि, छलफलमा भाग लिएका अधिकांश प्रदेशसभा सदस्यले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशसभा बैठकमा मंगलबारदेखि प्रदेशको नामांकनकाबारेमा छलफल हुने कार्यसूची रहेको छ ।