
एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक सन्चालन गरेको पाँचौ वर्ष पूरा भएको अवसरमा डबल सापटी योजना ल्याएको जनाएको छ ।
यसअन्तर्गत् अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा दूरसन्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
सापटीको यो नयाँ योजना बुधबार (आज)देखि लागू भएको कम्पनीले जनाएको छ ।
सापटी सेवाअन्तर्गत्को रकममा वृद्धि गरी दोब्बर बनाइएपनि ग्राहकले पुरानै सेवा–शुल्कमा यो सेवाबाट लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्