६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


२० जना महिलासँग विवाह गरेर १२५ सन्तानका पिता बनेपछि…


0
Shares

गत सोमबार पूर्वी क्यानडाको क्रानब्रुक सहरमा बसोबास गर्ने विन्स्टोन ब्ल्याकमोर र जेम्स मोरियन ओलेरलाई बहुविवाह गरेको आरोपमा पाँच वर्षपछि अदालतले दोषी ठहराएपछि जेल चलान गरिएको हो ।

२० जना श्रीमती र १२५ सन्तानका पिता विन्स्टोन ब्ल्याकमोर र पाँचजना श्रीमती र २१ सन्तानका पिता मेरियन ओलेरलाई १२७ वर्षअघिको ‘एफएलडिएस’ कानुनअनुसार दोषी ठहराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सन् २०११ मा नै उनीहरुविरुद्ध आरोप लागपनि अदालतले दोषी ठहराउन सकेको थिएन । क्यानडामा संविधानले दिएको धार्मिक स्वतन्त्रताअनुसार बहुविवाह गर्न छुट दिइएको छ ।

सोहीकारण त्यहाँको सरकारले गत तीन वर्षमा तीनजना विशेष सरकारी वकिल नियुक्त गरेपनि उनीहरुलाई दोषी सावित गर्न सकिएको थिएन ।

अन्त्यमा क्यानडमा १२७ वर्षअघि लागू भएको ‘एफएलडिएस’ कानुनलाई आधार बनाइएपछि उनीहरु दोषी ठहरिएका हुन् ।

उक्त कानुनमा धार्मिक स्वतन्त्रताको नाममा समाजमा हिंसा भड्काउन बहुविवाह गर्नु अपराध हुने कुरा उल्लेख गरेको भेटिएको र उनीहरु दुबैले बहुविवाह गरेको स्वीकारेकाले फैसला सुनाइएको ब्रिटिस कोलम्बिया प्रान्तका न्यायाधीश शेरी एन डोनेगन प्रेस्डले बताए ।

उक्त कानुनअनुसार उनीहरु दुबैजनाले अधिकतम् पाँच वर्ष जेल भुक्तान गर्नुपर्ने हुन्छ ।

यता, ब्ल्याकमोरका कानुनी सल्लाहकार ब्लेर सुफ्रेडाइनले भने अदालतले संविधानविपरीत फैसला गरेकाले माथिल्लो अदालतमा पुनः अपिल गर्ने बताएका छन् । (एजेन्सी)