
कम्पनीकाअनुसार सेल्फी मन पराउने युवापुस्तामाझ लोकप्रिय रहेको एफ–थ्री ब्ल्याक एडिसनको मोबाइल उत्पादन बन्द गरी सीमित एडिसन बनाइने भएको हो ।
नेपाली बजारमा छोटो समयमै ‘सेल्फी एक्सपर्ट’ क्यामेरा फोनकोरुपमा आफ्नो ‘ब्रान्ड’ स्थापित गर्न सफल ओप्पोले नेपाली उपभोक्ताप्रति कृतज्ञतास्वरुप उक्त मोडलको उत्पादन बन्द गरी सीमित बनाउन लागिएको बताएको छ ।
कम्पनीकाअनुसार अब उक्त मोडल स्टक रहुन्जेलमात्र बजारमा उपलब्ध हुनेछ ।
ओप्पो नेपाल प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने–‘ओप्पो एफ–थ्री ब्ल्याक एडिसनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत् प्रतिक्रियाले हामीलाई निकै उत्साहित तुल्याएको छ ।’
उनले नेपाली उपभोक्ताले देखाएको विश्वासप्रति कृतज्ञता जनाउँदै भने–‘हाम्रा सबै उपभोक्ताप्रति कृतज्ञतास्वरुप हामी एफ–थ्रीको ब्ल्याक एडिसनलाई लिमिटेड एडिसनमा लाने घोषण गर्दछौं ।’
आकर्षक डिजाइनमा उपलब्ध ‘एफथ्री मोडेल’मा फ्रन्ट क्यामेरा १६ र रियर क्यामेरा १३ मेगापिक्सलको रहेको छ ।
आधुनिक ‘लिड फ्ल्यास लाइट’ प्रयोग गरिएको उक्त मोबाइलको स्क्रिन ५.५ इन्च रहेको छ भने रिजोलुसन एफएचडी– १९२०/१०८० पिक्सल रहेको छ ।
उक्त मोडलमा कलर ओएस ३.० मा आधारित एन्ड्रोइड–६.० भर्सन प्रयोग गरिएको छ ।
४ गिगाबाइट र्याम र ६४ गिगाबाइट आन्तरिक स्टोरेज र १६४ गिगाबाइटसम्म माइक्रो एसडी कार्ड सपोर्ट गर्नेछ ।
सेल्फी फोटो खिच्नका लागि लामो समयसमम टिकाऊ हुने ३२०० एमएएच ब्याट्री प्रयोग गरिएको छ ।
दुईओटा सिम प्रयोग गर्न सकिने उक्त मोबाइलको मूल्य ३२ हजार ९९० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्