
गत जुलाई १४ मा रुसको ‘बैकोनुर स्पेसपोर्ट’बाट रसियन स्पेस एजेन्सीको सहयोगमा ‘सोयुज २.१–ए’ रकेटको सहायताले ‘मयक’ नाम गरेको उक्त चम्किलो ‘कृत्रिम तारा’ पृथ्वीको कक्षसम्म पुग्न सफल भएको रुसी वैज्ञानिकहरुले बताएका हुन् ।
उक्त ‘कृत्रिम तारा’ रातको समयमा पृथ्वीको कक्षबाट सूर्यको प्रकाश परावर्तन भएपछि पृथ्वीमा चम्किलो प्रकाश परावर्तन हुने मानव निर्मित पहिलो तारा भएको वैज्ञानिकहरुको दाबी छ ।
नांगो आँखाले भने यसलाई देख्न नसकिने तर गेजर्स नाम गरेको मोबाइल एप्सबाट आफ्नो टोलीको आइडी नम्बरमार्फत् स्थान ट्रयाक गर्न भने सकिने जनाइएको छ ।
‘मयक’का वैज्ञानिक टोलीकाअनुसार उक्त भू–उपग्रह स्थानीय समयअनुसार गत मंगलबार राति १२ बजेर १० मिनेटमा पृथ्वीको कक्षमा पुगेको र बुधबार बिहान ९ बजेर ३५ मिनेटमा ‘लन्च’ भएको छ ।
प्रक्षेपणपश्चात पृथ्वीको कक्षमा पुगेपछि अनफोल्डेट हुने र सुर्यको प्रकाश परावैतन गर्ने जनाइएको छ ।
वैज्ञानिकहरुले उक्त मयक नाम गरेको भू–उपग्रहको निर्माणका लागि क्राउड–फन्डेडले करिब २० हजार अमेरिकी डलर सहयोग गरेको बताएका छन् ।
उनीहरुकाअनुसार यसको डिजाइन रातको समयमा पृथ्वीमा कृत्रिम उज्यालोको लागि कोशेढुंगा भएको बताएका छन् ।
तर, केही खगोलशास्त्रीहरुले यस्तो आविष्कारको विरोध गर्दै ‘अर्थहीन योजना, पृथ्वीको लागि दुर्भाग्यपूर्ण र लज्जास्पद’ भएको बताएका छन् ।
मस्कोस्थित मेकानिकल विश्वविद्यालयका इन्जिनियरहरुले मयक नाम गरेको उक्त भू–उपग्रह एउटा ‘दीपस्तम्भ’ भएको उल्लेख गर्दै सूर्यको प्रकाशहरु सजिलै परावर्तन गरी एक चम्किलो ताराकोरुपमा रहेर भविष्यमा पृथ्वीलाई उज्यालो बनाउन उदाहरण भएको बताएका छन् ।
नर्थ अम्बेरल्यान्डस्थित केल्डर अब्जभेटरी सेन्टरका पूर्व उपनिर्देशक तथा खगोलशास्त्री निक हाउइस्ले ‘आइएफएल साइन्स’लाई भने–‘हामी हाम्रो वरिपरिका ग्रहहरुको अँध्यारो आकाशसँग लड्नका लागि तयार भएका छौं ।’
‘यो कार्यक्रम एकदम अर्थहीन छ र मलाई यसले निराश बनाएको छ’–उनले भने ।
त्रिकोणात्मक आकारको उक्त भू–उपग्रहको अकार १७० वर्गफिट रहेको छ । पातालो पोलिमिटर फिल्मबाट बनेको उक्त फिल्म मानिसको कपालभन्दा २० गुणा पातलो रहेको र प्रत्येक किनार ९ फिट लामो रहेको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।
एआरएस टेक्निकाकाअनुसार यो कार्यक्रम सूर्यको प्रकाश परावर्तन गरी रातको समयमा पृथ्वीको कुनै एक सहर वा स्थानमा उज्यालो बनाइ दिनको उज्यालो बढाउन सकिन्छ कि सकिँदैन भन्ने प्रयोग भएको उल्लेख गरेको छ ।
टेक्निकाले लेखेको छ–‘यो आइडिया एक ऐनाजस्तै हो, जहाँ उज्याले छ, त्यहाँको प्रकाश परावर्तन गरी अँध्यारो स्थानमा उज्यालो बनाइन्छ ।’
यो प्रोजेक्ट सफल भएपछि मेकानिकल विश्वविद्यालयका आधुनिक कस्मोनाटिक्स विषयका प्रा. तथा यस कार्यक्रमका प्रमुख अलेक्जेन्डर शेन्कोले भने–‘हामी अन्तरिक्षमा एउटा यान पठाउन लागिरहेका छौं, जुन अकाशमामा चम्किलो प्रतिभाशाली तारा हुनेछ र हाम्रो पृथ्वीको कुनैपनि स्थानबाट सजिलै देख्न सकिनेछ ।’
प्रतिक्रिया दिनुहोस्