
आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए ।
उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए ।
समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो ।
प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।
कार्यक्रम शुरु हुनुअघि रानीपोखरीबाट भानुको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्