
जन्मजात शारिरिक अपाङ्गता भएका रुद्रबहादुर घरमा हेरचाह गर्ने मानिसको अभाव हुँदा घर बाहिर बनाएको खोरमा थुनिएर बस्न बाध्य भएका हुन ।
बोल्न नसक्ने, खुट्टा नचल्ने, सुस्तःमनस्थितिका रुद्रबहादुरलाई थुनेर राईको परिवार दैनिक जिविकोपार्जनका लागि काममा जान बाध्य छन् ।
सम्पत्तिको नाममा रहेको एउटा घरसमेत भूकम्पले क्षति पुर्याएको छ ।
तीन रोपनी पाखो बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि छोरालाई खोरमा थुनेर अर्काकोमा काम गर्न जानुको विकल्प नरहेको आमा गंगामाया बताउँछिन ।
आर्थिक अबस्था कमजोर भएकैले उपचारका लागि अस्पताल लैजान नसकिएको दुःखेसो उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्