८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘हरिण गोब्रे किरा’ले यसरी बनायो गज्जबको चित्र, ‘इबे’मा बिक्री हुँदै (फोटोफिचर)


0
Shares

बीबीसीकाअनुसार बेलायतीमुलकी जापानमा बस्दै आएकी म्यान्डी ब्राएन्टले ती हरिण ग्रोब्रे किरालाई विभिन्न रङमा चित्र बनाउन सिकाएकी थिइन् ।

निकै तीक्ष्ण र स्मार्ट मानिएको स्पाइकले बनाएको चित्रहरु अनलाइन साइट ‘इबे’ले बिक्रीका लागि राखेको थियो ।

एसियमली मुलुकमा पाइने हरिण गोब्रे किरा लोपोन्मुख किरा प्रजातिमा पर्दछ । यस किराको टाउकोमा हरिणकोजस्तो सिङ भएकाले यसलाई हरिण गोब्रे किरा भनिएको हो । यसको बिक्रीमा अन्तर्राष्ट्रिय प्रतिबन्धसमेत छ । तर, म्यान्डीले भने वैधानिकरुपमै स्पाइक पालेकी छन् ।

म्यान्डीले बीबीसीलाई बताएअनुसार स्पाइक मायालु र एकमदै उत्सुक छ । उनले भनिन्–‘स्पाइक मेरो लागि एकदमै स्पेसल छ । सानो किरा भएपनि उसँग स्मार्ट जीवनशैली छ ।’

जब स्पाइकले कोरेका चित्रहरु ट्वीटरमा भाइरल भयो, त्यसपछि एकाएक ऊ मिडियामा चर्चित बन्यो । सुरुमा रमाइलोका लागि उनले ती चित्रहरु इन्टरनेटमा पोस्ट गरेकी थिइन् ।

उनले भनिन्–‘स्पाइक यति चर्चित होला भनेर कल्पना नै गरेको थिइनँ । अहिले त स्पाइकले कमाउनसमेत थालेको छ ।’

हरियो–पानी रङको मार्कर, साइनपेनलाई आफ्नो दुई सिङले च्यापेर स्पाइकले चित्र कोरेको छ । ऊ चित्र बनाउन प्रयोग गरिने सेतो कागजमाथि साइनपेन लिएर दर्गुछ र आफ्नै शैलीका चित्रहरु कोर्छ ।

अहिले स्पाइकले कोरेका चित्रहरु बिक्रीका लागि इबेमा राखिएको छ । चित्रको न्यनतम् मूल्य १३० अमेरिकी डलरबाट सुरु भएको छ ।

तर, चित्रको अन्तिम मूल्यमा भने अतिरिक्त १५ प्रतिशत शुल्क बेलायत प्रकृति संरक्षण समूहको लागि छुट्याइएको छ ।

जापानमा बालबालिकाहरुका लागि गोब्रे किरा निकै लोकप्रिय घरपालुवा किरा मानिन्छ । फोहरमा बस्न रुचाउने यस प्रजातिको किरा एक–आपसमा युद्ध गर्ने भएकाले मनोरन्जनको लागि अन्तर्राष्ट्रिय बजारमा यसको अवैध कारोबारसमेत हुने गर्दछ ।

यस प्रजातिको किरा सानो र कमजोर भएपनि स्पाइकले भान्छामा प्रयोग हुने चक्कुसमेत उठाउनसक्ने म्यान्डी बताउँछिन् ।

 

म्यान्डीले स्पाइकको खुबीलाई देखेर विश्वभरका मानिसहरुले स–साना किरालाई माया गर्न प्रेरित गर्ने बताइन् ।

उनले भनिन्–‘मलाई विश्वास छ, मानिसहरु अरु किराहरुलाई पनि प्रकृतिको सुन्दरता हो र सबैसँग केही न केही खुबी हुन्छन् भनेर विश्वास गर्नेछन् ।’