
पेटमा हुने रेट्रोपोरिटोनियल टोराटोमा ट्युमर भएर शल्यक्रिया गरिएकी प्यूठान घर भएकी १० वर्षीया शिला नेपालीको मृत्यु भएको हो ।
कान्तिबाल अस्पतालले गत मंगलबार शल्यक्रिया गरी पेटबाट ७ केजीको ट्युमर निकालेको जनाएको थियो ।
सफल शल्यक्रिया भएको भन्दै चिकित्सकको टोलीले पत्रकार सम्मेलन गरेकोे तीन दिनपछि बिरामीको मृत्यु भएको हो ।
शिलाको उपचारमा संलग्न बालरोग विषेशज्ञ डा. आरपी चौधरीले शल्यक्रियापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाबेला परिवारले ‘डिस्चार्ज’ मागेर घर लैजाँदै गर्दा गत शुक्रबार मृत्यु भएको बताए ।
बिरामीको अवस्था सुधारोन्मुख रहेपनि परिवारले घर लैजाँदै गर्दा घटना भएको डा. चौधरीको दाबी छ ।
तर, अहिले बिरामीको मृत्यु भएपछि अस्पतालकै एक चिकित्सकले भने बिरामीको अवस्था नसुध्रेकैबेला चिकित्सकले पत्रकार सम्मेलन गरेर झुटो सूचना प्रवाह गरेको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनकै समयमा पनि अस्पतालका निर्देशक डा. गणेश राईले उक्त ‘पत्रकार सम्मेलन अस्पतालको होइन’ भन्दै असन्तुष्टि जनाएका थिए ।
८ महिनादेखि पेटमा ट्युमर भएकी शिलाको कमजोर आर्थिक अवस्थाका कारण ट्युमर भएको ९ वर्षपछिमात्र शल्यक्रिया गरिएको थियो ।
यो पनि पढ्नु/हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्