
उदयपुर, असार १९ । उदयपुरको गाईघाट–फत्तेपुर सडकखण्डका खहरे खोलामा पुल नबन्दा वर्षात्का बेला सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
सडकखण्डमा पर्ने सनुवा, लुवाले, वविया, कंक, वाहुना, मुर्सनिया, शिवाई, धेरुलगायतका खहरे खोलामा पुल नहुँदा सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
जिल्लाकै पुरानो सडकको रुपमा रहेको गाईघाट–फत्तेपुर सडकको ट्रयाक ५ दशक अघि खोलिए पनि हालसम्म पनि पुल बन्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्