१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


खानेपानीको अनुगमन नगर्ने हो भने सरुवा रोगको संक्रमण बढ्ने खतरा


0
Shares

आइतबार राजधानी भएको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले फोहोर पानीका कारण टाईफाईड, झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोगको संक्रमण बढेको बताएका हुन् ।

कार्यक्रममा सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले सरुवा रोगको प्रमुख कारण नै खानेपानी भएकाले पानी कत्तिको शुद्ध छ भनी अनुगमन नगर्ने हो भने यस्ता रोगको खतरा उच्च रहने बताए ।

कार्यक्रममा काठमाडौं जनस्वास्थ्य कार्यालय प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले झाडा पखालाका बिरामी बढे भने त्यसको जिम्मेवारी चिकित्सक र जनस्वास्थ्य कार्यलयलाई बनाईन्छ तर त्यसलाई कसरी रोक्न सकिन्छ भनी सरकारले ठोस कार्यक्रम भने ल्याउन नसक्दा समस्या झन् झन् बढिरहेको बताए ।