१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


डा.इवामुरा अस्पतालमा मोतीयाविन्दुको शल्यक्रिया सुरु


0
Shares

लायन्स क्लब डिस्ट्रिक ३२५ ए-२ का सहयोगमा अस्पतालले ‘लायन्स आइ केयर एन्ड डाइबेटिज केयर सेन्टर’ नै सञ्चालन गरेर सेवा सुरु गरेको हो ।

भक्तपुरमा आँखा र मधुमेहका बिरामीको संख्या बढ्दै गएपछि यसको उपचारका लागि काठमाडौंका अस्पतालमा जानु नपरोस् भनेर स्थानीयस्तरमै सेवा लागिएको अस्पतालका निर्देशक रञ्जित मारिकुले जानकारी दिए ।

अस्पतालले सातै दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्यून शुल्कमा सेवा दिएको छ । आँखाको मोतियाविन्दुको समेत शल्यक्रिया त्यहीँबाट हुने भएपछि यहाँका बिरामीलाई सहज हुने तथा मधुमेहका बिरामीका लागि मधुमेहको परीक्षण र परामर्श दिने सेवासमेत सञ्चालन गरिएको छ ।

भक्तपुरलाई मधुमेह रोगमुक्त जिल्ला बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउँदै उनले भक्तपुरमा आँखा रोगको शल्यक्रिया जिल्लामै पहिलोपटक सञ्चालन गरिएको जिकिर गरे । रासस