१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


तुलसीको वैज्ञानिक महत्व यस्तो छ (भिडियो रिपोर्ट)


0
Shares

महाऔषधीय गुण रहेको तुलसीको राज्यतहबाटै प्रवद्र्धन गरी व्यावसायिक खेती गरेर प्रशोधन गर्न सकिएको खन्डमा थुपै लाभ लिनसक्ने देखिन्छ ।

हिन्दुधर्ममा भगवान विष्णुको प्रतीककोरुपमा लिइने तुलसीको बहुआयमिक महत्व छ । आयुर्वेदमा तुलसीलाई महाऔषधीय गुण भएको वृक्षकोरुपमा लिइन्छ ।

तुलसीमा कडा र दीर्घरोगसमेत निको पार्ने औषधीय गुण रहेको आर्युेवेदशास्त्रमा उल्लेख छ ।

सयौं रोग निको पार्ने क्षमता भएको तुलसीलाई अचुक ‘रामवाण’ औषधिसमेत भन्ने गरिन्छ ।

तुलसीको बोट रोपेको ४०० मिटर वरपरसम्म सुगन्धले विषाक्त ब्याक्टेरिया तथा किटाणु टिक्न नसक्ने वैज्ञानिकहरु बताउँछन् ।

सबेरै उठेर तुलसीको पूजा गर्दा तुलसीसँगको निकटताले स्वच्छा हावा प्राप्त हुँदा मानिस निरोगी हुने हुँदा यसको वैज्ञानिक महत्व झल्कछ ।

मृत्यु शैयामा पुगेकाहरुलाईसमेत तुलसीको मोठमा राख्दा उपयुक्त हुने चिकित्सकहरुले सुझाव दिनुलाई चिकित्साविज्ञानले पनि यसको महत्व रहेको पुष्टि गरेको छ ।

तुलसीमिश्रण खाद्यपदार्थ सेवन गर्दा दीर्घजीवन प्राप्त गर्ने पौराणिकशास्त्रहरुमा उल्लेख गरिएको छ ।

पर्यावरणीय हिसाबलेसमेत उच्चकोटीमा रहेको तुलसीको वृक्षले वातावरण सन्तुलमा विशेष भूमिका निर्वाह गर्दछ ।

तुलसीमा सरुवा रोगदेखि, चर्मरोग र क्यान्सरसमेत निको पार्ने क्षमता रहेको सिंहदबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीको भनाइ छ ।

नेपालमा वार्षिक १० हजार क्विन्टलभन्दा बढी तुलसी आयात हुने गरेको सिंहदरबार वैद्यखाना विकास समितिले जानकारी दिएको छ ।

वैद्यखानाले प्रतिकिलो दुई सय रुपैयाँको हाराहारीमा भारतबाट यति धेरै परिमाणमा तुलसी आयात गर्ने गर्दछ । पूजाबाहेक व्यावसायिक प्रयोजनका निम्ति नेपालमा यसको खेती भएको पाइँदैन ।

तुलसीको पात, डाँठ र जरालाई फरक–फरक ढंगबाट औषधिकोरुपमा प्रयोग गरिन्छ ।

वर्षात् र गर्मीमा सरुवा रोगहरुको प्रकोप बढ्ने हुँदा अहिले तुलसीको रोपण समय सान्दर्भिकसमेत देखिन्छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।