१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘जहाँ जीवनजल र सिटामोलसमेत छैन’


0
Shares

यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उनले भने,–‘सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।’ अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधिसमेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताए ।

स्वास्थ्य चौकीमा जीवनजलसमेत नभएको उनको भनाइ छ । ‘पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ ।’ उनले भने औषधि र स्वास्थ्यकर्मी अभाव भइरहने दुर्गमको स्वास्थ्य चौकी हो यो ।

भगवती स्वास्थ्य चौकीका स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर शाहीले पनि स्वास्थ्य चौकीमा प्राय प्रयोगमा आउने औषधि नभएको जानकारी दिए । शाहीले भने,–‘राज्यको उदासीनता र उपेक्षाले गर्दा उपचारका लागि आउने सर्वसाधारण निःशुल्क पाउनुपर्ने औषधिसमेत नपाएर रित्तै फर्कन बाध्य छन् ।’

सुगमका स्वास्थ्य संस्थामा मात्र औषधि पठाउने तर दुर्गम तथा दूरदराजका स्वास्थ्य संस्थामा सधैँ यस्तै समस्या भइरहने उनको भनाइ छ । ‘राज्यले निःशुल्क दिने भनेको औषधि नपाउँदा स्थानीय झारफुक र जडीबुटीको साहारा लिन बाध्य छन् ।’ डोल्पा जिल्लासँग सिमाना जोडिएको साविकको भगवती गाविसको औलगुर्तामा रहेको यो स्वास्थ्य चौकी जिल्लाकै सबैभन्दा दुर्गम स्थानमा पर्दछ ।

स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको दाबी गरेपनि जाजरकोटको भगवतीलगायतका ३१ वटा स्वास्थ्य चौकीमा कहिल्यै सबै प्रकारका औषधि पुगेको पाइँदैन । दुर्गमका बासिन्दा सामान्य रोगको उपचारका लागि पनि हजारौँ खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यतामा छन् ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउने उद्वघोष गरेपनि जाजरकोटका दुर्गम बस्तीका नाम मात्रका यी स्वास्थ्य चौकीमा यतिबेला सिटामोल, जीवनजल, स्क्रयाबिज, एसिलक, एमजिटलगायतका अत्यावश्यक औषधि नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक अरुणकुमार यादवले औषधिको अभाव नभएपनि पर्याप्त नभएको जानकारी दिए । केही अत्यावश्क औषधिको अभाव भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयमा माग गरिएको र अस्तव्यस्त अवस्थामा रहेको स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउने प्रयास भइरहेको बताए ।

तर, जिल्ला जनस्वास्थ्य प्रमुख धीरजंग शाहले जिल्लामा औषधिको अभाव नभएको बताउँदै मागको आधारमा औषधि आपूर्ति गर्ने गरिएको बताए । उनले औषधिको स्टक सकिएका स्वास्थ्य संस्थाले तत्काल औषधि माग गरेर लिन निर्देशन दिएको पनि जानकारी दिए । रासस