१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५५ औँ शिशु प्रदर्शनी हुने


0
Shares

फाइल फोटो

प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ ।

अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताए । त्यसका लागि असार १३ देखि साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ ।

बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ । रासस