
गुगलले अनलाइन किलमेल सेवालाई प्रायोजित गरी अवैध फाइदा लिएको, उपभोक्ता ठगेको र अनलाइल स्टोर तथा उत्पादन वस्तुको गलत नक्सा तथा तस्वीर राखेकोलगायत आरोप लगाउँदै मंगलबार इयुले ठूलो रकमको जरिवाना तोकेको हो ।
युरोपेली आयोगका कार्यकारी प्रमुखकाअनुसार गुगलले अवैधानिक र अन्यायपूर्ण तरिकाले आफ्नो वेबसाइटको दुरुपयोग गर्दै अनलाइन किनमेललाई प्रायोजित गरेर बजारीकरण गरी उपभोक्ता ठगेर अनुचित फाइदा लिएकोे छ ।
आयोगका प्रमुख आयुक्त मारग्रेथ वेस्टअगेरले गुगलको आफ्नो रणनीतिअनुसार आफ्ना साइटमा प्रायोजित गरेको उत्पादनहरुको तुलना गरेर अरु प्रतिस्पर्धीहरुको तुलनामा गुणस्तरीय भएको प्रचार गर्दै ग्राहकलाई आकर्षित गरेर झुक्काएको बताइन् ।
उनले भनिन्–‘गुगलले आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी अनलाइन किनमेल सेवा र प्रतियोगीहरुको तुलना गरेर प्रयोजनका आधारमा परिणामहरु देखाएर प्रचार गरेको छ ।’
आयोगले गुगललाई अनलाइन किनमेलको तुलनात्मक प्रचार तथा उत्पादनको तस्वीरसहितको मूल्यसूची हटाउनसमेत तीन महिनाको समय पठाएको छ ।
अन्यथा विश्वभर गुगलले प्रचार तथा प्रायोजित विज्ञापनबाट कमाएको रकमको ५ प्रतिशत जरिवाना लगाउने चेतावनीसमेत दिएको छ ।
गुगलले भने इयुको यस निर्णयलाई अदालतमा अपिल गर्ने उल्लेख गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्