७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एनसेल ‘डेटा बन्डलिंग’सहित हुवावे ‘पी १० प्लस’ नेपाली बजारमा


0
Shares

एनसेलको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बन्डलिंग र विशेषरुपमा डिजाइन गरिएको पी १० प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पी १० प्लस स्मार्टफोन शुक्रबार स्थानीय बजारमा सार्वजनिक गरिएको हो ।

पी १० प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन रहेको कम्पनीको भनाइ छ ।

यसले व्यावसायिक स्टुडियोकोजस्तो क्यामरा इफेक्टस् दिँदै फोटोलाई अझै राम्रो बनाउने कम्पनीको भनाइ छ । यो एडभान्स फोटोग्राफी स्मार्टफोन नै रहेको कम्पनीको दाबी छ ।

एनसेलसँगको साझेदारीअन्तर्गत् यो स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जीबी डेटा १० महिनासम्म निःशुल्क पाउनेछन् ।