
पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । ‘आफनो फोटो त राख्नैपर्यो नि’–कोण मिलाइ–मिलाइ सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने ।
गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।
हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे ।
भन्छन्–‘सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो, अब देब्रे हात चलाउनुपर्ला ।’
स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रमोद लामिछानेले हेर्दै थिए ।
‘सर राति हातै छजस्तो लाग्छ, चिलाउँछ, कन्याउन खोज्यो हातै भेटिँदैन’–प्रसादले अनुभव साट्दै भने–‘हात जोडिराखेकै छजस्तो हुने ।’
झन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।
दुई महिनाअघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्नेक्रममा गोहीले समाएर पानीमुनि पुर्याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्