
शिक्षा मन्त्रालय र पतञ्जलि योगपीठले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी असार ७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रियसभागृहमा बिहान ५ देखि ७ बजेसम्म योगाभ्यास सन्चालन हुने जानकारी दिइयो ।
शिक्षा मन्त्रालय मूल आयोजक रहेको उक्त कार्यक्रममा सार्क राष्ट्रका राजदूतहरुकोसमेत समभागिता रहने जनाइएको छ ।
सो अवसरमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले योग दिवसका दिन सबै विद्यालयहरुमा पनि योगशिक्षाबारे जानकारी दिने र योगकक्षासमेत सन्चालन गराउने बताए ।
यस्तै, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले योगाभ्यासले मानिसलाई शारीरिक र मानसिकरुपमा स्वस्थ रहन मद्दत पुर्याउने सन्देशलाई आमजनतामा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतीय राजदूत मन्जिवसिंह पुरीले जीवनशैली र खानपानका कारण तनावपूर्ण जीवनयापन गरिरहेका मानिसलाई योगाभ्यास निकै उपयोगी हुने बताए ।
पतञ्जलि योगपीठ नेपालका अध्यक्ष शालिग्राम सिंहले योगले नै विश्वभरका मानिसलाई एकसूत्रमा बाँध्न सकेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्