१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


दर्ता नगरी सञ्चालित पोलिक्लिनिकमा सिलबन्दी


0
Shares

फाइल फोटो

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले बुधबार (आज) गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृत नलिएको, म्याद नाघेको सामग्री बिक्री वितरण गरेको, अन्य आवश्यक कागजपत्र नभएको र दर्ताबिना डेण्टलसमेत सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको हो ।

अनुगमन संयोजक निरोज घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले सोही समयमा भेटिएको म्याद नाघेको औषधिसमेत २४ घण्टाभित्र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा र आपूर्ति व्यवस्थापन विभागमा आउन निर्देशन दिइएको छ ।

त्यसैगरी, विभागले गत जेठ २३ गते अनुगमनको क्रममा आवश्यक कागजपत्रसमेत नभई सञ्चालन गरेको भन्दै बानेश्वरमा रहेको भेनस अस्पतालको भेनस फर्मामा सिलबन्दी गरेको थियो । आवश्यक कागजपत्र जुटाएपछि आज उक्त अस्पतालको सिलबन्दी खोलिएको छ । रासस