
नाम गोप्य राखिएको ती २२ वर्षीय विरामीको जन्मजात नै पेटभित्र रहेको आन्द्रा–भुँडीमा मल तथा दिसा जमेर पेट फुल्लिएको थियो । उक्त रोगलाई मेडिकल भाषामा ‘हिर्स्चस्प्रुंग’ भनिन्छ ।
यो रोग एकप्रकार कब्जियत तथा पाइल्सको जस्तै पेटभित्रै दिशा जमेर फोहरको रुपमा मल बन्ने गर्दछ जसलाई ‘मेगाकोलोन’ अर्थात अत्याधिक ठूलो भुँडीको नामले पनि चिनिन्छ । चिकित्सकहरुले विशेषगरी बालबालिकामा यस्तो रोग बढी देखिने उल्लेख गरेका छन् ।
यदि यो रोगको समयमै उपचार गर्न नसकिए उपचारमा थप जटिलता उत्पन्न हुने र भुँडीमा जम्मा भएको दिशा तथा मलबाट ‘टक्सिन’को निर्माण भई रगतमा मिसिने र विरामीको मृत्युसमेत हुने गर्दछ ।
यस शल्यक्रियामा संलग्न टेन्थ पिपुल्स हस्पिटलका डा.ऐन लुका अनुसार गत जुन ८ मा ती विरामीको सफल शल्यक्रिया गरिएको थियो । उनले भने–‘विरामीको पेटको अवस्था ९ महिनाकी गर्भवति महिलाको जस्तै थियो ।’
अस्पतालका अनुसार तिन घन्टा लामो शल्यक्रियामार्फत ३० इन्च लम्बाई र १३ केजि तौल रहेको उक्त कोलन (आमासय) सफलतापूर्वक विरामीको पेटबाट निकालिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्