
विश्व रक्तदाता दिवसको अवसरमा बुधबार (आज) राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले रक्तदाताहरुलाई राज्यबाटै प्रोत्साहित गर्नसके रगतको अभाव हुने समस्या हल गर्न सकिने बताएका हुन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा रक्तदाताहरुलाई प्रोत्साहित गर्न राज्यका निकायहरुसँग समन्वय गरेर कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा सहभागी चिकित्सकहरुले रगतको अभाव नभएमा दैवी विपत्ती तथा आकस्मीक घटनामा धेरैको ज्यान बचाउन सकिने बताएका थिए ।
सो अवसरमा रक्तदानको क्षेत्रमा सहयोग पुर्याएका विभिन्न संघ संस्था, संचारमाध्यम र व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । ईमेज च्यानल टेलिभिजनलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्