
ब्लड डोनर्स एशोसिएसन नेपालले ‘रक्तदान जीवन दान’, ‘तीन महिनामा एकपटक रक्तदान गरौं’ भन्नेलगायतका चेतनामुलक व्यानर र प्लेकार्डसहितको प्रभातफेरी निकालेको छ ।
प्रभातफेरी ललितपुरको लगनखेलबाट मंगलबजार पुगेर रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।
प्रभातफेरीमा नेपाल रेडक्रस सोसाईटी, बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, बिद्यार्थीलगायत सहभागि थिए ।
रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्वभर रक्तदाता दिवस मनाउदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस्