
विकट जिल्लाका सामुदायिक अस्पतालहरुको क्षेत्र अधिकार बढाइ ग्रामीण क्षेत्रमा नै सर्वसुलभ उपचार सेवा पुर्याउने उद्देश्यले २७ ओटा सामुदायिक अस्पतालाई अनुदान दिने निर्णय गरिएको हो ।
मन्त्रालयले गत वर्षदेखि सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिन सुरु गरेको थियो । गत वर्ष २१ ओटा सामुदायिक अस्पतालले अनुदान रकम प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
सामुदायिक अस्पताल अनुदान निर्देशिका–२०७३ अनुसार सामुदायिक अस्पतालको भौतिक संरचना, शैया संख्या, विशेषज्ञ चिकित्सकको संख्या, एम्बुलेन्स सेवा र अरु सेवा–सुविधाका आधारमा अनुदान रकम छुट्याइएको मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले जानकारी दिए ।
अनुदानका लागि ३४ ओटा सामुदायिक अस्पतालले आवेदन दिएका थिए । निवेदन दिने सबै अस्पतालको मापदन्ड नपुगेकाले २७ ओटा अस्पताललाई अनुदान रकम दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
महानगरपालिकाभित्रका सामुदायिक अस्पतालले भने अनुदान रकम नपाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्