
होप हर्मिटेज नेपालले अल्जाइमर्स सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् ।
७० बर्ष भन्दा माथि उमेर समूहका नागरिकमा यो समस्या वढ्दै गएकाले सार्वजनिक स्वास्थ्यको रुपमा प्राथमिकता दिई ब्यवहार गर्नुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा होप हर्मिटेज नेपालकी अध्यक्ष प्रमिला बज्राचार्य थापाले अल्जाइमर्सलाई रोगको रुपमा नभई वुढ्यौली समस्याको रुपमा लिएर ब्यवहार गर्दा समस्या वढेको बताए ।
निको नहुने रोग भएकाले अल्जाइमर्सका विरामीलाई परिवारको साथ र सहयोगको आवश्यकता हुने उनको भनाई थियो ।
अल्जाईमर डिजिज इन्टरनेशनलले गरेको अध्ययनले नेपालमा सन् २०१५ मा ७८ हजार मानिसमा अल्जाइमर्स देखा परेको छ ।
सन २०३० सम्ममा १ लाख ३४ हजार नेपाली अल्जाइमर्सबाट पीडित हुने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्