१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पाठेघर बाहिर रहेको गर्भको दुर्लभ शल्यक्रिया म्याग्दीमा


0
Shares

मंगला गाउँपालिका बरंजाकी ३० बर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा. घिरेन मल्लसहितको चिकित्सको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो ।

तीन वर्षअघि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएको थियो । त्यसपछि घरमै बसेको अवस्थामा तीन दिनदेखि लगातार दाहिने कोखा दुख्न थालेपछि ती युवती बेनी अस्पतालमा भर्ना भएकी थिईन् ।

एपेन्डिक्स भएको अनुमान गरिए पनि भिडियो एक्सरेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ देखिएपछि तत्कालै चिकित्सकको टोलीले शल्यक्रिया गर्न सफल भएको डा. मल्लले बताए ।

पाठेघर बाहिर नफुटेको अवस्थामा गर्भ भेटिनु चिकित्सा क्षेत्रकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् ।