१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


१५०औँपटक रक्तदान गरेर कर्माचार्यले गरे आफ्नै कीर्तिमान भंग


0
Shares

यसअघि नै नेपालमा सबैभन्दा वढी पटक रक्तादान गर्ने कीर्तिमानी बनाएका कर्माचार्यको रक्तदान संख्या बुधबार (आज) १ सय ५० पुगेपछि उनले आफ्नै कीर्तिमान भंग गरेका हुन् ।

बुधबार (आज) उनले नेपाल ‘भोल्योन्टरी ब्लड डोनर सोसाइटी’ले राजधानीमा आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका हुन् ।

१६ बर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेका कर्माचार्यले ३–३ महिनाको अन्तरमा रक्तदान गर्दै आएका छन् । ५२ वर्षीय कर्माचार्य शरीरले साथ दिएसम्म रक्तदान गर्न नछोड्ने बताउँछन् ।

रगतको अभावमा कसैलेपनि अकालमा नै ज्यान गुमाउन नपरोस भन्नेमा सबै सचेत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पटक–पटक रक्तदान गरी धेरै विरामीको ज्यान बचाएको भन्दै कर्माचार्यलाई सम्मान गरिएको छ ।