१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


धादिङमा एक्स-रे सेवा बन्द, विरामी काठमाडौं धाउन बाध्य


0
Shares

जिल्ला अस्पताल धादिङमा रहेको नयाँ एक्स-रे मेसिन बिग्रिएकाले सेवा नै बन्द भएको हो ।

दुर्घटनामा परेका मानिसलाई र विभिन्न कारणले गर्दा हात खुट्टालगायत स्थानका हड्डीका समस्या भएर उपचार गर्न अस्पताल आउने विरामी समस्यामा परेका हुन् ।

अस्पतालमा रहेको नयाँ अत्याधुनिक मेसिन विद्युतको हाई भोल्टेजका कारण बिग्रिएको र मर्मत गर्न अझै केही समय लाग्ने भएाले सेवा सुचालु हुन एक महिना लाग्ने जिल्ला अस्पताल धादिङका एक्स–रे प्रविधिको भनाइ छ ।

समान्य एक्स–रेका लागि २६ वर्ष पुरानो मेशिन जोडेपनि त्यसले काम गर्न छाडेको प्राविधिकको भनाइ छ ।

दैनिक ५० देखि ७० जनासम्म एक्स-रे गर्नुपर्ने विरामी जिल्ला अस्पतालमा पुग्दछन् । जिल्ला अस्पताल धादिङमा विभिन्न रोगको २४ सै घन्टा विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि विरामीको चाप पनि बढेको छ ।