
बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
खगोलविद् जेस जोन्सनले सन् २०१५ नोभेम्बर ३ मा आकाशीय ग्रह निरीक्षण (कटेलिना स्काइ सर्वे) अन्तर्गत पहिलो पटक सो धूम्रकेतु पत्ता लगाएका थिए ।
सो धूम्रकेतु ‘हाइपरबोलिक’ भएकाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा आज १२ करोड १३ लाख ३९ हजार ७८६ किमीको दूरीमा देखिने सोसाइटीले जनाएको छ ।
खगोलीय दुर्लभ यो घटनालाई नजिकबाट नियाल्न चाहनेका लागि सोसाइटीले बेलुकी ६ः३० बजेदेखि ९ बजेसम्म अकुंर विद्याश्रम विजयचोक, गौशालामा देखाउने व्यवस्था मिलाएको छ ।
सो अवसरमा पृथ्वीको चन्द्रमा तथा बृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार अवलोकनमा सहभागी हुनेलाई खगोल, खगोल भौतिक विज्ञान र अन्तरीक्ष विज्ञानसम्बन्धी जिज्ञासा पनि विज्ञसमक्ष राख्न सक्ने व्यवस्था मिलाइने छ ।
सोसाइटीले १० वर्षअघिदेखि खगोलीय घटना सम्बन्धमा इच्छुकलाई निःशुल्क देखाउँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्