११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बौद्ध ग्रन्थ त्रिपिटक अनुवाद तीब्र, नेपाल र नेपाली भाषामा अनुवाद


0
Shares

बुद्ध जन्मभूमी नेपालमा त्रिपिटकका सम्पूर्ण ग्रन्थ अहिलेसम्म नेपालमा बोलिने कुनै पनि भाषामा उपलब्ध हुन नसकिरहेको अवस्थामा ललितपुरको हबहालस्थित वीरपूर्ण संग्रहालयले पुस्तक अनुवाद र प्रकाशन गर्ने कार्यलाई तीब्रता दिएको हो ।

संग्रहालयले त्रिपिटक अनुुवाद गरी प्रकाशित गर्ने कार्य चार दशकअघि सुरु गरेको थियो ।

पछिल्लोपटक विस्तृत कार्ययोजना बनाई विभिन्न बौद्ध अध्येयता, भिक्षु र भिक्षुणीबाट अनुवाद कार्य थालिएकाले ग्रन्थहरु प्रकाशित हुने कार्यले तीब्रता पाएको संग्रहालयले जनाएको छ ।

त्रिपिटक अन्तर्गत सुत्र पिटक (बुद्धको व्यावहारिक, आधारभुत, सैद्धान्तिक शिक्षा) विनयपिटक (बुद्धले तत्कालीन समाजमा स्थापना गर्नुभएको भिक्षु संघको नियम, आचारसहिता, विधिप्रक्रिया) र अभिधम्म (चित, चितसंगै उत्पन्न हुने विचारको कारणकार्यसहित सुक्ष्म र गहन विश्लेषण गरिएको ) रहेका छन् ।

यसैक्रममा त्रिपिटक अन्र्तगतका दुई महत्वपूर्ण ग्रन्थ प्रकाशनसंगै कार्ययोजनाको आधा काम सम्पन्न भएको संग्रहालयका अध्यक्ष दुण्डबहादुर बज्राचार्यले जानकारी दिए ।

संग्रहालयले शनिबार ललितपुरको ऐतिहासिक रत्नाकर महाविहारमा आयोजित एक समारोहकाबीच त्रिपिटक अन्र्तगतका पतिसम्भिदामग्ग र धम्मसंङ्गीणीको लोकार्पण गरेको थियो ।

२५ सय वर्षअघि भारतको मगधमा प्रचलित मागधि (पाली भाषा) बाट नेपाल भाषामा भिक्षु ज्ञाणपूर्णिक महास्थविर, भिक्षुणी अग्गञाणीले अनुवाद गरेका हुन् ।

सो ग्रन्थ नेपाल उपसंघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरले सो ग्रन्थको लोकार्पण गरे ।

सो ग्रन्थ सबैभन्दा पहिले देवनागरी लिपिमा अनुवाद गरी प्रकाशन गर्न सुरु गरेको भारतको नालान्दा महाविहारले समेत अनुवाद गरी प्रकाशन गर्न सकेको छैन ।

नालान्दाबाट सन् १९६० तिर देवनागरी लिपिमा त्रिपिटक अनुवाद गर्ने सुरु गरिएको थियो ।

यस अवस्था पनि नेपाल भाषामा प्रकाशित ग्रन्थको थप महत्व दर्शाउने अखिल नेपाल भिक्षुमहासघका महासचिव भिक्षु कौडण्यले समारोहमा बताए ।

‘त्रिपिटकका सारा ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्ने कार्यले प्रत्येक नेपालीलाई बुद्धका ज्ञान, दर्शनमा सहज पहुँच स्थापित गर्दै सही अर्थमा गौरव बोध, लाभान्वित गराउने छ,’ महासचिव कौन्डण्यले भने ।

‘पाँच, छ वर्षको दौरानमा बाँकी कार्य पुरा हुने छ । ती ग्रन्थहरुको क्रमशः प्रकाशनले बुद्ध धर्मबारे पढ्न विदेश जानुपर्ने बाध्यतालाई केही हदसम्म गर्ने कम गर्ने छ ।’

अनुवादक समेत रहेका बज्राचार्यले भने। संग्रहालयका अनुसार त्रिपिटकका ३० वटा ठूलठूला ग्रन्थहरु अनुवाद गरी प्रकाशित गर्ने क्रममा रहेको संग्रहालयले जनाएको छ ।

हालसम्म त्रिपिटक ग्रन्थ अन्र्तगत दीर्घनिकाय, मज्झिमनिकाय, मिलिन्द प्रश्न नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ ।

त्यसैगरी संयुक्त निकाय, इतिबुत्तक, निदान कथा, पुग्गलपञ्ञिति, संगायन पाठ, जातक संग्रह अन्र्तगत ६ वटा खण्ड नेपालभाषामा प्रकाशित भइसकेको छ ।