
आफ्नो कार्यकालको अन्तिम दिन आइतबार (आज) स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण पेश गरेका हुन् ।
आफु मन्त्री बन्दापनि स्वास्थ्य क्षेत्रमा धेरै प्रगती भईसकेको तर व्यवस्थापकीय पक्षमा कमजोरी रहेको भन्दै उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको विकासका लागि थुप्रै महत्वपूर्ण काम भएको जिकिर गरे ।
सात वर्षे एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना निर्माणदेखि, निशुल्क औषधि खरिद, जनशक्तिको व्यवस्थापन , विहान ९ देखि साँझ ५ बजे सम्म ओपिडी कक्ष संचालन र सामाजिक सेवा इकाई स्थापना जस्ता काम आफ्नो कार्यकालमा भएको मन्त्री थापाले वताए ।
यस्तै, सरकार आफैले औषधी खरिद गर्ने र अस्पतालले नै फार्मेसी संचालन गर्ने ब्यवस्था गरिएको उनले वताए । जसअन्तर्गत मन्त्रालयमा अहिलेसम्म ६१ अस्पतालमा फार्मेसीको विवरण आइसकेको मन्त्रालयले जनाएको छ ।
थापाका अनुसार सबै सरकारी अस्पतालमा विकास समिति गठन गरिएको, आवश्यक मेडिकल उपकरणको व्यबस्था गरिएको छ ।
यस्तै, दीर्घ तथा कडा प्रकारका रोगहरु मिर्गाैला प्रत्यारोपण निशुल्क, बाथमुटुरोगको उपचार, महिलाहरुको पाठेघर परीक्षणलगायतको अभियानले जनस्वास्थ्यमा राम्रा काम भएकोसमेत थापाले उल्लेख गरे ।
थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र सुधारका लागि कोरेको स्पष्ट आधारहरुको समीक्षा गरेका छन् । ती के-के छन् त हेरौँ…
प्रतिक्रिया दिनुहोस्