६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ठग डाक्टर ! दाताको भन्दै झुक्काएर आफ्नै वीर्य दिएर बने ६० सन्तानका बाबु


13
Shares

सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा.जन कारवाटमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वीर्य दिएको भन्ने आरोप लागेको छ ।

डा.कारवाटको ८९ वर्षको उमेरमा गत महिनामात्रै मृत्यु भएको थियो । मृत्युअगाडि उनले आफ्नो डीएनएको नमुना सुरक्षित राख्न चिट्ठी लेखेको बीबीसीले उल्लेख गरेको छ ।

नेदरल्यान्ड्स निवासी ३० वर्षीय जोय हुडम्यानले डा.कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन गरेका थिए । उनले अस्पतालमा गएर जब डीएनए परीक्षण गराए, तब थाहा भयो, उनी डा.कारवाटका सन्तान् हुन् ।

हुडम्यानले भने–‘जब मैले डाक्टरको फोटो देखें चकित भएँ । अब यो घटना अदालत पुगेको छ । म ढुक्क छु, डाक्टरले कतिजनालाई वीर्य दिएर झुक्काएका छन् भन्ने कुरा बाहिर आउनेछ ।’

उक्त क्लिनिकले अहिलेसम्म १८ जनाको डीएनए डा.कारवाटको डीएनएसँग मिलिसकेको र अरु केहीले यस घटनामा निवदेन दिएको उल्लेख गरेको छ ।

डा.कारवाटको डीएनए मिलेको र निवदेन दिनेहरुको बाबुआमा आफ्नो गर्भधारण समस्याको उपचार गर्न क्लिनिकमा आएर डा.कारवाटसँग भेटेको बताइएको छ ।

त्यस्तै, सन् १९७० मा जुरिड अस्पतालमासमेत काम गरिसकेका डा.कारवाटले त्यहाँपनि त्यस्तै कार्य गरेको हुनसक्ने भन्दै गत आइतबार अस्पतालले घटनाको पुष्टि गर्दै छानबिन गर्न अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ ।

लिडन विश्वविद्यालयमा मेडिकल अध्ययन गरेका डा.कारवातले सन् १९७३ मा बिड्राप डोनेसन क्लिनिकबाट पहिलोपटक वीर्यदान गरेका थिए ।

द न्युयोर्क टाइम्सकाअनुसार ३६ वर्षीया मोनिएक वास्सेनारले सन्चारमाध्यमलाई डा.कारवाटले मर्नुअघि दाताको वीर्य भन्दै आफ्नै वीर्य धेरै महिलाहरुलाई गर्भाधारण गर्न झुक्काएर दिएको कबुल गरेको बताएकी छन् ।

उनले डा.कारवातलाई सन् २०११ मा भेटेको र आफ्नो हात देखाउन आग्रह गर्दै आफ्नै सन्तानमध्ये एक भएको बताएको उल्लेख गरेकी छन् ।

उनकाअनुसार सन् ७० को दशकमा डा.कारवातले वीर्यदान गर्न आएका मानिसहरुको वीर्यको सट्टा आफ्नै वीर्य दिएर गर्भाधारण गर्न लगाएका थिए ।

यस्तो कार्य गर्नुमा वीर्य लिन आउने महिलाहरुले पढे–लेखेको मानिसले दान गरेको वीर्यमात्रै स्वीकार गर्ने शर्त राख्न थालेपछि आफ्नै वीर्य दिनुपरेको डा. कारवातले बताएका थिए ।

वास्सेनारकाअनुसार डा.कारवातको वीर्यबाट कम्तीमा पनि ६०सन्तानले जन्म लिएका छन् ।

सन् २००९ मा नेदरल्यान्ड्सको स्वास्थ्य मन्त्रालयले वीर्यदान गर्ने मानिस नभएको बताउँदै उक्त क्लिनिक बन्द गरेको थियो ।

अहिले यो घटना नेदरल्यान्ड्सको अदालतमा विचराधीन रहेको छ । आगामी २ जुनमा अन्तिम फैसला लिने अदालतले उल्लेख गरेको छ ।