
आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले नेपाली भाषा साहित्य क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै ४ जना साहित्यकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा डा.दयाराम श्रेष्ठ, रोचक घिमिरे, गोविन्दप्रसाद घिमिरे र आत्माराम खरेल छन् ।
सम्मानित भएकाहरुलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले लेखेको ‘रमुदित पैताला’ र इन्दु पन्तले लेखेको ‘शब्द सरिता’ पुस्तकको विमोचनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्