
आख्यानकार गगनसिंह थापाको ‘मेरो मधुशाला’ नामक उपन्यासको सार्वजनीकरणसँगै साहित्य पारखीका लागि नयाँ खुराक मिलेको हो ।
काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा गरिएको कार्यक्रममा मधुशालामाथि विवेचना पनि गरिएको थियो ।
साहित्यकार नयनराज पाण्डेले पुस्तकमाथि टिप्पणी गर्दै मेरो मधुशालाले आञ्चलिकता र त्यसको सुन्दरतालाई पाठकसमक्ष मीठासपूर्ण ढंगले पस्केको बताए ।
कार्यक्रममा वरिष्ठ नाट्यकार अशेष मल्ल, कृतिका लेखक गगनसिंह थापालगायतले मधुशालामाथि आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्