६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लागुऔषध बोकेर उडिरहेको परेवा समातियो


0
Shares

कुवेत र इराकको सीमानजिक रहेको अबदालीनजिकैको इमारत बन्दरगाहबाट त्यहाँका कस्टम अधिकारीहरुले प्रतिबन्धित लागुऔषधको १७८ ट्याबलेट्स बोकेर उडिरहेको परेवालाई समात्न सफल भएका हुन् ।

बीबीसीकाअनुसार परेवाले परेवाजस्तै रङको देखिने कपडाको सानो पाकेट झोला जसरी बोकेको र त्यो पाकेटभित्र प्रतिबन्धित लागुऔषधको १७८ गोली रहेको उल्लेख गरेको छ ।

कस्टम अधिकारी अब्दुल्ला फहमीले लागुऔषध ओसार–प्रसार गर्न परेवाको प्रयोग भइरहेको खबर पहिल्यै नै प्राप्त भएको बीबीसीलाई बताएका छन् ।

उनले भने–‘हामीले पहिलोपटक लागुऔषध बोकेर उडिरहेको परेवा समात्न सफल भएपछि तस्करहरुले कसरी परेवाको प्रयोग गरिरहेका छन् भन्ने तथ्य खुलेको छ ।’

यसअघि, कोस्टारिकाको एक जेलमा गार्डले कोकिन लिएर उडिरहेको परेवा समात्न सफल भएका थिए ।

त्यस्तै, सन् २०११ मा पनि कोलम्बियाको प्रहरीले धेरै लागुऔषध बोकेर उड्न नसकिरहेको अवस्थामा एक परेवालाई समात्न सफल भएका थिए ।