
कञ्चनपुर, असार २० । कञ्चनपुरमा असार तेस्रो सातासम्म ७० प्रतिशत धान रोपाई सकिएको छ ।
मनसुन सुरु हुन ढिलाई भए पनि सिँचाइको पर्याप्त सुविधा भएकाले असार तेस्रो सातासम्म ७० प्रतिशत धान रोपिइसकिएको हो ।
जिल्लाको उत्तरी, चुरे क्षेत्रबाहेक अन्यत्र सिँचाईको सुविधा भएको र वर्षासमेत शुरु भएकाले बाँकी ३० प्रतिशत रोपाई एक साताभित्रै सकिने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्लामा हालसम्म ७० प्रतिशत रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमा प्रमुख सागर दाहालले बताउनुभयो । महाकाली सिँचाई आयोजनाअन्तर्गत १२ सय हेक्टर क्षेत्रफलमा सिँचाईको सुविधा छ ।
यस्तै अन्य साना सिंचाई आयोजना गरेर खेतीयोग्य जमिनको ३१ प्रतिशत भूभागमा सिँचाई सुविधा रहेको कृषि विकास कार्यालय कञ्चनपुरको तथ्यांक छ ।
कञ्चनपुरमा ५६ हजार २ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्