७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘वाना क्राइ’ कम्प्युटर ह्याकिङ भाइरसबारेको आरोप हास्यास्पद र अनौठो : उत्तर कोरिया


0
Shares

शुक्रबार उत्तर कोरियाका संयुक्त राष्ट्रसंघ प्रतिनिधि किम इन र्योङले पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघललगायत संसारभरको कम्प्युटर प्रणाली ‘ह्याक’ गरेर आतंक मच्चाइरहेको वाना क्राइ ‘‘र्‍यान्समवेर’’ भाइरसको सम्बन्ध उत्तर कोरियासँग रहेको भन्ने आरोप हास्यास्पद र अनौठो भएको बताएका हुन् ।

रोयर्टस् समाचार संस्थाकाअनुसार गत हप्तासम्म उक्त कम्प्युटर भाइरसले १५० भन्दा बढी देशका ३ लाख कम्प्युटर ह्याक गरिसकेको छ ।

त्यस्तै, गत हप्ता ह्याकरहरुले उक्त भाइरसमार्फत् संयुक्त राष्ट्रसंघको ‘एक्सपर्ट स्यान्सेक्सन’ कम्प्युटर प्रणाली ह्याक गरिदिएपछि यो समस्या निकै जटिल भएको विज्ञहरुले बताएका छन् ।

किमले भने–‘जब विश्वमा कुनै न कुनै समस्या आइपर्छ, तब अमेरिकालगायत प्रतिद्वन्द्वी केही राष्ट्रहरु जानी–जानी उत्तर कोरियाको संलग्नता देख्छन् । यो रुढिवादी सोचलाई उत्तर कोरिया घोर भत्र्सना गर्छ ।’

फ्रान्सका कम्प्युटर वैज्ञानिकहरुले सबै कम्प्युटर प्रयोगकर्ताहरुलाई सकेसम्म छिटो आफ्नो गोप्य र महत्वपूर्ण फाइलहरु सुरक्षित राख्न आग्रह गरिसकेका छन् ।

कास्परस्काई ल्याबका अध्ययनकर्ताहरुले उक्त कम्प्युटर भाइरस ‘वानाक्राइ’ सफ्टवेयरको पुरानो भर्सनको कम्प्युटर कोडबाट ‘लजरुस ग्रुप’ले सन्चालन गरिरहेको बताएका छन् ।

‘लजरुस ग्रुप’ले विश्वभरका कम्प्युटर ह्याक गर्न उत्तर कोरियाको ह्याकिङ सफ्टवेयर प्रयोग गरिरहेको अध्ययनकर्ताहरुले उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ‘एक्सपर्ट स्यान्सेक्सन’ कम्प्युटर प्रणाली ह्याक भएपछि सुरक्षा परिषद्ले यस विषयमा अध्ययन गर्न उत्तर कोरियाको संयुक्त राष्ट्रसंघ प्रतिनिधिसमेतलाई अनुरोध गरेको छ । (एजेन्सी)