
ब्रेसन विलियम वर्दन हेस नाम गरेका ती वृद्धले गत आइतबार ‘तन्देम स्काइडाइभ’ अर्थात् हवाईजहाजबाट प्यारासुटको सहायताले आकाशमा फाल हान्ने संसारमै सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान रचेका हुन् ।
यसअघि, क्यानेडियन नागरिक जेन्ड्रयुले १०१ वर्ष ३५ दिनमा ‘तन्देम स्काइडाइभ’ गरेर विश्व कीर्तिमान राखेका थिए । तर, वर्दन हेसले १०१ वर्ष ३८ दिनमा उक्त कार्य गरेर जेन्डे«युका विश्व कीर्तिमान भंग गरिदिएका हुन् ।
डुंकेसवेलस्थित ‘स्काई बज’ नामक संस्थाको सहयोगमा हेसले उक्त कीर्तिमान राख्न सफल भएका हुन् ।
‘सीएनएन’काअनुसार वर्दन हेस तीन पुस्ताको एक्ला अभिभावक हुन् । उनी दोस्रो विश्वयुद्धका एक कुशल र अनुभवी सैनिकसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्