१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अपांगता भएका व्यक्तिको परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा


0
Shares

बिहीबार (आज) राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले अपांगता भएका व्यक्तिका परिवारलाई समेत समेट्ने गरी नि:शुल्क स्वास्थ्य बीमा गराउने व्यवस्था लागू गराउने जानकारी दिएका हुन् ।

अपांगता व्यवस्थापन रणनीतिको १० बर्षे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा ऐन पारित भएसंगै यो व्यवस्था लागू हुने दाबी गरे ।

कार्यक्रममा कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख चुडामणी भण्डारीले यस १० बर्षे रणनीतिले अपांगता भएका व्यक्तिको हक अधिकारी सुनिचित गराउने बताए । अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनमा आवश्यक पर्ने सहायक सामाग्री तथा औषधी निःशुल्क गराउने लक्ष्य यस रणनीतिमा लिइएको छ ।

यस्तै, अपांगता भएका महिलाहरुको प्रजनन् स्वास्थ्य समस्या अध्ययन गरी कार्यक्रमहरु सञ्चालन गर्ने पनि योजनामा उल्लेख छ ।