११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नई प्रकाशनद्वारा २२ जना पुरस्कृत


0
Shares

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गरियो ।

भारतमा बसेर नेपाली साहित्यको श्रीवृद्धिका लागि पुर्‍याएको योगदानका कदर गर्दै शताब्दीपुरुष सत्यमोहन जोशीको हातबाट सुब्बालाई दुई लाख रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, एक लाख रुपैयाँ राशीको नई खरा सुकीर्ति पुरस्कारबाट साहित्यकार, संस्कृतिविद् तथा आयुर्वेदाचार्य डा. मोदनाथ प्रश्रितलाई सम्मानित गरियो ।

प्राध्यापक शिवगोपाल रिसाललाई एक लाख राशीको नई चन्द्रधन पुरस्कार प्रदान गरियो भने सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई एक लाख रुपैयाँ राशीको नई कीर्तिनिधि पुरस्कार प्रदान गरियो ।

यसैगरी, संस्कृति, ज्योतिष विज्ञान र तन्त्रशास्त्रका लागि डा. जगमान गुरुङलाई ५० हजार राशीको भूपालदुर्गा पुरस्कार प्रदान गरियो भने शान्ता श्रेष्ठलाई ५० हजार राशीकै नई खरा प्रसिद्धि पुरस्कार र कन्चन पुडासैनीलाई ५० हजार राशीकै नई ईश्वर बल्लभ पुरस्कार प्रदान गरियो ।

यस्तै, अम्बरध्वज खातीलाई ५० हजार राशीकै नई धनरुप पुरस्कार, विजय थापालाई ५० हजार राशीकै नइ यउजा पुरस्का प्रदान गरियो भने सरस्वती रिजाल र गायत्री श्रेष्ठलाई संयुक्तरुपमा ५० हजार राशीको नई बुलु पुरस्कार प्रदान गरियो ।

यसैगरी, धीरेन्द्र प्रेमर्षीलाई २५ हजार राशिको नई खरा गौरव पुरस्कार र सुश्री नानी थापालाई रु १५ हजार रुपैयाँ राशीको नई खरा पौरख पुरस्कार प्रदान गरियो ।

सो अवसरमा १५ वर्षसम्मका ६ जनालाई प्रतिव्यक्ति १० हजार नगद राशीको पुरस्कार प्रदान गरियो भने १० वर्ष उमेर समूहका दुई बालबालिकालाई ७ हजार नगद राशीको पुरस्कार तथा ५ वर्ष उमेर समूहका एक बालकलाई ५ हजार राशीको पुरस्कारबाट सम्मानित गरियो ।