१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बझाङमा पुरुषभन्दा महिला एचआइभी संक्रमित बढी, नौजनाको मृत्यु


0
Shares

प्राप्त तथ्यांकअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे संक्रमण देखिएको हो । ११५ एचआइभी संक्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताइन् । तीमध्ये नौ जना एचआइभी संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेका बताइएको छ । बालबालिका तथा महिलामा बढी एचआइभी संक्रमण हुनुको प्रमुख कारण रोजगारीका लागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीका कारण महिला तथा बालबालिकासमेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकका आधारमा ५८ जनाले मात्र एआरटी स्वास्थ्य सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ ।

पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको सबैभन्दा बढी संक्रमित रायल गाविसमा नौजना रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए । रासस