
मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले ८ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।
पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए ।
उनकाअनुसार तामाङको उपचारकैक्रममा मंगलबार (हिजो) अस्पतालमा नै मृत्यु भएको थियोे । रासस
प्रतिक्रिया दिनुहोस्