७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


यो हो रोबोट पत्रकार, एक सेकेन्डमै ३०० शब्दसम्म लेख्नसक्ने


0
Shares

 

‘चाइना डेली’काअनुसार ‘सिओ नान’ नाम गरेको रोबोट पत्रकारले स्थानीय बसन्त महोत्सवकाबारेमा ३०० शब्दको लेख लेखेर प्रकाशित भएपछि सबैजना आश्चर्यमा परेका छन् ।

‘सिओ नान’ (रोबोट)ले लेखेको लेखलाई ‘साउर्थन मेट्रोपोलीस डेली’मा प्रकाशित गरिएको थियो ।

पत्रकार ‘सिओ नान’ (रोबोट)ले लामो–छोटो लेख तथा समाचार एक सेकेन्डमै ३०० सय शब्दसम्म लेख्नसक्ने बताइएको छ ।

रोबोट निर्माणमा संलग्न पेकिङ विश्वविद्यालयका प्रा.वान सिओजुनले उक्त रोबोटले गहन तथ्यांक विश्लेषण गरेर कुनै भाषागत गल्तीबिना एकदमै छिटो समाचार तथा लेख–रचना लेख्नसक्ने बताए ।

उनले भने–‘अझै केहि कमजोरी सुर्धान सकिने र तत्काल पूर्णरुपमा पत्रकारलाई विस्थापित गर्न भने रोबोटले सक्दैन । तर, करिब ७० प्रतिशत पत्रकारिताको काम भने यसले सजिलै विस्थापित गरिदिन सक्छ ।’

यस पत्रकार रोबोट सिओ नानबारे यसअघि नै चर्चा चलिसकेको थियो । यसै वर्षको सुरुमा यसलाई सार्वजनिक गरिएको भएपनि यसले आफ्नो काम देखाएको थिएन ।

अहिले चीनमा केहि सन्चारमाध्यमहरुले ‘सिओ नान’कोे कामको परीक्षण गरिरहेका छन् । तर, ती सन्चारमाध्यमहरुको नाम भने उल्लेख गरिएको छैन ।

चाइना डेलीकाअनुसार कुनैपनि घटना वा सम्बन्धित समाचारबारे सिओ नानले मानिसलेभन्दा विश्वसनीय ढंगले विश्लेषण गर्नसक्ने उल्लेख गरेको छ ।

प्रा.वान सिओजुनले अहिले सिओ नानलाई टेलिभिजनको कार्यक्रम र अन्तर्वार्ताको प्रत्यक्ष प्रसारणमा अभ्यास गराइरहेको बताए ।