११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल भाषाका ३ पुस्तक सार्वजनिक


0
Shares

कथा संग्रह ‘बाखं दबू’ को ११ औं अंक, डा. रिना तुलाधरको कथा संग्रह “बाःगु भू’ तथा दिब्या ताम्राकारले संकलन गरेको नेपाल भाषाका कथाकारहरुको डायरी पुस्तक सार्वजनिक भएका हुन् ।

कार्यक्रममा दबूका अध्यक्ष साहित्यकार तिलकप्रकाश कायस्थ, संस्थापक सदस्य राजा शाक्य र आख्यानकार मथुराकृष्ण सायमीले उक्त पुस्तकहरु बिमोचन गरेका हुन् ।

आफ्नो कुरा राख्दै कथाकार डा. रिना तुलाधरले पुस्तक तयारीको अनुभव सुनाए भने नेपालभाषा साहित्यकारहरुलाई नेवार समुदायले नै प्रोत्साहित नगरेको गुनासो पनि गरेका थिए ।

अर्का लेखक दिब्या ताम्राकारले डायरी पुस्तक तयार गर्दाको अनुभव सुनाएका थिए । साहित्यकार लोचनतारा तुलाधरले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रम कथाकार मीना बज्राचार्यले सञ्चालन गरेका हुन् ।