
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाले आइतबार राजधानीमा कार्यक्रम गरी क्यान्सरसम्बन्धी राष्ट्रिय ट्रिटमेन्ट प्रोटोकल बनाउने विषयमा विज्ञहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले छिट्टै क्यान्सरको उपचारसम्बन्धी राष्ट्रिय नीति ल्याइने जानकारी दिए ।
नेपालमा क्यान्सर रोगका बिरामीहरुको यकिन तथ्यांक थाहा पाउने विधिसमेत नभएको भन्दै उनले राष्ट्रिय नीतिले सबै समस्या समाधानको बाटो खोल्ने बताए ।
क्यान्सरको उपचार गराउन नसकेका गरिब जनताका लागि दिइरहेको एक लाख रुपैयाँलाई बढाउनेबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्री थापाले जानकारी दिए ।
कार्यक्रममा चिकित्सकहरुले क्यान्सरसम्बन्धी राष्ट्रिय प्रोटोकल बनेपछि क्यान्सरका बिरामीलाई कुन औषधि दिने, कुन किमो चढाउने, रेडियसन कुन समयमा दिने ? भन्ने स्पस्ट हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्