१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


राप्ती उपक्षेत्रीय अस्पतालमा मृगौलाको डायलासिस सेवा सुरु


0
Shares

सरकारी अस्पतालबाट मध्यपश्चिम क्षेत्रमै पहिलो पटक दाङस्थित राप्ती उपक्षेत्रीय अस्पतालले दुईवटा मेसिनबाट हेमो डायलासिस सेवा सुरु गरेको हो ।

डायलासिसका लागि २० जनाभन्दा बढीले नाम लेखाए पनि दुईवटा मेसिनबाट हप्तामा ६ जना बिरामीलाई मात्रै सेवा दिन सकिने फिजिसियन डा. जितनारायण यादवले बताए ।

दैनिक दुई जनालाई मात्रै सेवा दिन सकिने भएकाले सेवा विस्तारका लागि उपकरण, जनशक्ति तथा स्रोतको व्यवस्थापन आवश्यक भएको अस्पतालले जनाएको छ ।