१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


राणाकालीन अस्पताल ८७ बर्षपछि मुहार फेर्दै


0
Shares

हाल इनरुवा अस्पतालका रुपमा परितचत यो अस्पताल राजनीतिक र प्रशासानिक निकायको आँखाबाट ओझेलमा पर्दै आएको थियो ।

दुई वर्षदेखी अस्पतालको स्तरोन्नतीका लागि भएका प्रयासहरुले मुर्त रुप लिन नसकेको अवस्थामा नयाँ विकास समितिले अस्पतालको मुहारै फेर्नेगरी सुधार गर्न लागेको छ ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रमेश कटुवालका अनुसार गरिव विपन्न र दुखीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याई सुलभ रुपमा सेवा प्रवाह गर्नका लागि परिणाममा देखिने गरि सुधार गर्न लागेको बताए ।

अस्पताल विकास समितिको अगुवाईमा अस्पताल हाता भित्रै सहुलियत मुल्यको औषधी पसल खोलेर सवैलाई विशेष छुटमा औषधी बिक्री गर्ने तयारी गरेको उनले सुनाए ।

हाल ५ लाख मुल्य बराबरको औषधी खरिद गरी सुपथ मुल्यको पसल सञ्चालनको तयारी गरिएको छ ।

बजारमा खरिद गरेको मुल्य भन्दा न्युन मुल्यमा सुपथ दर राखी वैशाख १५ गते देखी इनरुवा अस्पतालको हाता भित्र औषधी बिक्री वितरण गर्ने तयारी विकास समितिले गरेको हो ।

यससँगै इनरुवा अस्पतालमा सर्वसाधरणहरुलाई दिदै आएको सुविधामा समेत व्यापक सुधार गरिएको छ ।

केही दिन देखी दैनिक १० बजे देखी ५ बजे सम्म ओपीडी सेवा सञ्चालन हुन थालेको छ । विरामीहरुले यस अगाडी १० बजे देखी १ बजे सम्म मात्र चिकित्सकहरुको सेवा पाउदै आएको थिए ।

अस्पतालमा रहेको ल्याव सेवाको समयसमेत बढाएर दैनिक विहान ८ बजे देखी ५ बजे सम्म खुल्ला रहने ब्यवस्था मिलाईएको छ ।

विभिन्न चोटपटक घाउ तथा घाइतेहरुको डे«सिङ्घका लागि उपचार कक्ष समेत १० बजे देखी ५ बजे सम्म खुल्ला रहने व्यवश्था अस्पताल विकास समितिले गरेको छ ।

केही दिनमै इनरुवा अस्पतालमा मेडिसिन वार्डमा विशेषज्ञ एमडी फिजीसियन डा गंगा यादव र रेडियोलोजिष्ट डा शैलेश झा सेवाको लागि आउने निश्चित भएको छ ।

उनीहरुले मन्त्रालयबाट रवाना लिईसकेका छन । अस्पतालमा विरामीहरुको चापलाई ध्यान दिदै एक एम्वुलेन्स र आधुनिक अल्ट्रासाउण्ड मेसिनसहितको उपकरणहरु समेत मन्त्रालयबाट आउने निश्चित भएको छ ।

राजविराजमा रहेकी स्त्रीरोग विशेषज्ञ डा. दिपा यादवको सरुवा भएपनि उनी अहिलेसम्म यहाँ हाजिर हुन आएकी छैनन ।

त्यसैगरी हाल अस्पतालमा रहेको फोहर व्यवस्थापन,भवनहरुको मर्मत सुधार, सफा हरित वातावरण, विरामीमैत्री अस्पताल बनाउनका लागि८० लाखको लागतमा मर्मत सुधारका योजनाहरु सञ्चालन गरिएकाले केही दिन पछि अस्पतालको स्वरुपमा परिवर्तन आउने विश्वास अध्यक्ष कटुवाललले ब्यक्त गरे ।