
स्मृति कोष तथा मातृभूमि सेवक संघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी भिमबहादुर अधिकारीलाई नगद २५ हजार एक रुपैयाँसहित राष्ट्रसेवा पुरस्कार प्रदान गरियो । त्यस्तै योगाचार्य यदुनाथ पोखरेललाई १० हजार एक रुपैयाँ नगद राशीसहित आदर्श पुरस्कार प्रदान गरियो । पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गरेका थिए ।
प्रमुख अतिथि कुलपति उप्रेतिले आफ्नो सम्वोधनमा डा. बिहारीलाल श्रेष्ठको सामाजिक र आध्यात्मिक सेवाका विषयमा चर्चा गरे । साहित्यकार श्रीओम रोदनले डा. विहारीलालसँगको आफ्नो सम्वन्ध विस्तारबारे उल्लेख गरे ।
मातृभूमि सेवक संघ नेपालका अध्यक्ष भरतमणी रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विहारीलालका ठूल्दाजु बिन्दुलाल श्रेष्ठ, कोषकी संरक्षक निर्मला श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रममा हिन्दु विद्या पिठ थली तथा ललितपुरका विद्यार्थी तथा मातृसेवा आश्रमका दिदीबहिनीहरुले जागरण एवम् भजनहरु गाएर सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्